• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » दुर्घटनामा तीनको मृत्यु
दुर्घटनामा तीनको मृत्यु

पुस १०, रासस – पाल्पा जिल्लाको मदनपोखरा र सहलकोट गाविसमा आज दिउँसो भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।


सिद्धार्थ राजमार्गअन्तर्गत मदनपोखरा गाविस–४, भालेबासमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको र पाल्पा सहलकोटमा भएको ट्रयाक्टर दुर्घटनामा अर्का एक जनाको मृत्यु भएको हो ।

पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ६ प ६२७३ नम्बरको मोटरसाइकल घुम्तीबाट खोलामा खस्दा सो दुर्घटना भएको हो ।

दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका पाल्पा खालीजन–९ का मोटरसाइकल चालक २१ वर्षीय जीवनकुमार श्रेष्ठ र सोही स्थानका २४ वर्षीय पूर्णकुमार श्रेष्ठको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका तथा सहलकोटबाट रामपुरतर्फ जाँदै गरेको लु २ त १८५८ नम्बरको ट्रयाक्टर सहलकोट–२, पुरनथरमा सोमबार दुर्घटना हुँदा दर्छा–८ का २७ वर्षीय बेलबहादुर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । उनीहरुको लुम्बिनी मेडिकल कलेज प्रभास उपचार भइरहेको छ ।

प्रकाशित मिति: December 25, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |