• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » खोकीको औषधीले २५ को ज्यान लियो
खोकीको औषधीले २५ को ज्यान लियो

पाकिस्तान – पाकिस्तानको लाहोर सहरमा खोकीको झोल औषधिको सेवनबाट २५ जनाको मृत्यु भएको छ ।

उक्त औषधीले यसअघि हिजो १६ जनाको ज्यान गएकोमा आज पुनः मृतकको संख्या थपिएको हो ।

सो औषधिको सेवनबाट शनिबारसम्ममा २५ जनाको ज्यान गइसकेको अधिकारीहरुको भनाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

उनीहरुले लागूपदार्थको रुपमा धेरै मात्रामा प्रयोग गरेका पाइएको पनि बताइएको छ ।


सो औषधिको सेवनबाट विरामी परेका व्यक्तिहरु पूर्वी पाकिस्तानको लाहोर सहरको एक अस्पतालमा पुगेका र उनीहरुको उपचारका क्रममा नै मृत्यु भएको थियो ।

लाहोर सहरबाट करिब ७० किलोमीटर उत्तरमा रहेको गुजरवाला गाउँमा बुधबार ती सो विषाक्त औषधिको सेवनबाट विरामी परेका व्यक्तिहरुको पुगेका थिए ।

सो सहरको स्थानीय अस्पतालका चिकित्सक अनवर अमारले भने– बुधबारदेखि सो औषधि सेवनका विरामी उक्त अस्पतालमा आउन थालेका र शनिबारसम्ममा २५ को ज्यान गइसकेको पनि ती चिकित्सकले बताएका छन् ।

सो अस्पतालमा बुधबारदेखि ५४ जना विरामी भर्ना भएका छन् र ती मध्ये १६ को मृत्यु भइसकेको छ – चिकित्सकले भने ।

प्रकाशित मिति: December 30, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |