• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » ध्रुवे अझै बेपत्ता, घाइते भएकाले थप नरसंहार मच्चाउने आशंका
ध्रुवे अझै बेपत्ता, घाइते भएकाले थप नरसंहार मच्चाउने आशंका

पुस ५ – चितवनको माडीमा आतङ्क मच्चाएको धु्रवे नामको हिंस्रक जङ्गली हात्ती मार्न निकुञ्ज प्रशासन अझै सफल हुन सकेको छैन । हिजो साँझ निकुञ्जको टाइगर टप्स श्रेत्रमा गोली लागे पनि धु्रवे हात्ती नमरेको बताइएको छ ।


निकुञ्ज स्रोतका अनुसार शरीरका विभिन्न भागमा करिब १२ राउन्ड गोली लागेको थियो ।

हात्ती नमारेसम्म कुनै किसिमको सूचना बाहिर नदिन माथिल्लो निकायबाट निर्देशन भएपछि निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको नेपाली सेनाको तल्लो तहबाट यस विषयमा कुनै जानकारी दिइएको छैन ।

रेडियो कलरबाट प्राप्त सिग्नलअनुसार आज बिहानैदेखि हात्ती टाइगर टप्स नजिकैको सुकेभार श्रेत्रमा देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्कीले बताए ।

हात्ती आतङ्क फैलदासमेत निकुञ्ज विभाग गम्भीर नभएको भन्दै मुख्य सचिव लिलामणी पौडेलले चासो देखाएपछि काठमाडाँै मै रहेका प्रमुख संरक्षण अधिकृत कार्की तत्काल चितवन फर्किएका थिए ।

सुरुमा हात्ती मार्ने विषयमा चासो नदिएको निकुञ्ज प्रशासनले गृह प्रशासनको चर्को दबाबपछि मङ्गलबार बिहानबाट मात्रै हात्ती मार्न तदारुकता देखाएको राससले जनाएको छ ।

उता घटनाको विरोधमा आन्दोलित भएका माडीवासीले अझैसम्म पनि शव उठाउन मानेका छैनन् । गत शनिबारदेखि उठ्न नसकेको शव दुर्गन्धित बन्दै गएको छ भने विगत पाँच दिनदेखिको माडी बन्द यथावत् छ । घटनाको विषयमा छलफल गर्न सङ्घर्ष समिति र चितवनका राजनीतिक दलको बैठक अहिले एमाले पार्टी कार्यालय भरतपुरमा बसिरहेको छ ।

प्रकाशित मिति: December 20, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |