• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » लाङटाङ हिमाल परिसरमा धुँवाको मुस्लो, सेना भन्छ– 'आगलागी'
लाङटाङ हिमाल परिसरमा धुँवाको मुस्लो, सेना भन्छ– 'आगलागी'

पुस ५ – लाङटाङ हिमाल नजिक आज धुँवाको मुस्लो देखिएको छ । सुरुमा त्यहाँ ज्वालामुखी विस्फोटन भएको आशङ्का गरिए पनि नेपाली सेनाले सो क्षेत्रको हवाई निरीक्षण गरी जंगलमा आगलागी भएको पुष्टि गरेको छ ।


रसुवाको लाङटाङ क्षेत्रको टिमुरेबाट घोडा तबेला जाने बाटोको रिदिम गाउँ विकास समितिमा धुँवाको मुस्लो देखिएकोमा हवाई
निरीक्षणमा गएको नेपाली सेनाको टोलीले आगलागी भएको ठहर गरेको हो ।

लाङटाङ निकुन्जको सुरक्षाको लागि त्यहाँ तैनाथ गरिएको नेपाली सेनाको ब्यारेकले ज्वालामुखीको आशङ्कासहितको सूचना सैनिक मुख्यालयलाई दिएको थियो । त्यसपछि नेपाली सेनाको हेलिकपटर त्यहाँ निरीक्षण गर्न पुगेको थियो ।

प्रकाशित मिति: December 20, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |