ब्रोइलर कुखुराको मासु किलोको १५ रुपैयाँ घट्यो
मंसिर २० – राजधानीमा cको मासु किलोको १५ रुपैयाँ घटेको छ । जिउदो कुखुराको भाउ घटेसँगै कुखुराको मासु सस्तो भएको हो ।
कुखुराको मासु उत्पादन बढेर तराईबाट कुखुरा बढी आएपछि किलोमा २ सय रुपैयाँ रहेको कुखुराको मासु घटेर किलोको १ सय ८५ रुपैयाँमा झरेको हो ।
सोमबारसम्म किलोको १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको जिउँदो कुखुरा मंगलबारदेखि किलोको १ सय ३५ रुपैयाँमा कारोबार भएको व्यवसायीहरुले बताएका छन् ।
मासुको भाउ घटेपछि किसानले लागतभन्दा कममा कुखुरा बिक्री गर्नुपर्ने भएको छ ।
प्रकाशित मिति:
December 05, 2012