• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » विद्यार्थीबीच विवाद हुँदा क्याम्पसमा तोडफोड
विद्यार्थीबीच विवाद हुँदा क्याम्पसमा तोडफोड

पुस १८, रासस – चितवनको रामपुर कृषि क्याम्पसमा गएराति तोडफोड भएको चितवन प्रहरीले जनाएको छ ।


अङ्ग्रेजी नयाँ वर्ष मनाउने क्रममा मङ्गलबार विद्यार्थीबीच विवाद हुँदा तोडफोड भएको र विद्यार्थीसमेत घाइते भएका प्रहरीले जनाएको छ ।

क्याम्पस प्रमुख श्यामसुन्दर पन्तले पनि क्याम्पसमा तोडफोड भएको पुष्टि गर्दै तर कसले गरेको भन्ने जानकारी नआएको बताउनुभयो ।

तोडफोडबाट क्याम्पस प्रमुखको कार्यकक्ष, क्वाटर र क्याम्पस प्रशासन भवनमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो । प्रहरीले भने तोडफोड गर्नेको खोजी भइरहेको जनाएको छ ।

यसैबीच रामपुर क्याम्पसमा भएको तोडफोडको घटनाप्रति एकीकृत नेकपा (माओवादी) चितवनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि तत्काल कारबाही गर्न माग गरेको छ ।

एमाओवादीले एक विज्ञप्ति जारी गर्दै सो घटना नेकपा– माओवादीका विद्यार्थीले घटाएको र आफू निकट अखिल क्रान्तिकारी एकाइ अध्यक्ष सुरेन्द्र सुवेदी, जिल्ला सदस्य मनोज ढकाल, विराट भण्डारीलगायतका विद्यार्थी कुटपिटबाट घाइते भएको जनाएको छ ।

यता नेकपा–माओवादीले भने घटनामा आफ्ना विद्यार्थीमाथि आक्रमण भएपछि प्रतिरक्षा गरेको जनाएको छ ।

मदिरा सेवन गरी बाहिरी व्यक्ति प्रवेश गराएर एमाओवादीले आफ्ना तीन जनाभन्दा बढी विद्यार्थीलार्ई घाइते बनाएको नेकपा–माओवादीको आरोप छ ।

प्रकाशित मिति: January 02, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |