• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
» १० वर्षिया बालिका भन्दैछिन्– 'मेरो बाबु खोई'
१० वर्षिया बालिका भन्दैछिन्– 'मेरो बाबु खोई'

पुस १८ रासस – काँगेल– ५ सोलुखुम्बुकी १० वर्षीया बालिका सुजाता राईले १० वर्षदेखि हराएका आफ्ना बाबुको अवस्था पत्ता लगाइदिन अनुरोध गरेकी छिन् ।


आफू ६ महिना नपुग्दै हराएका बाबुको खोजी गरिदिन उनले सञ्चारकर्मीमार्फत सरकारलाई अनुरोध गरेकी हुन् । बालिका राईले रुँदै भनिन् “म ६ महिना पनि नपुगी मेरा बाबा बेपत्ता हुनुभएको रे, मैले बाबाको अनुहार पनि देखेकी छैन, मलाई बाबा हेर्न मन छ, जसरी भए पनि खोजी दिनुप¥यो” ।

बाबुको अनुहार नदेखे पनि उनीसँग सधैँ बाबुको फोटो हुन्छ, उनले रुँदै भनिन् “साथीहरु सबै बाबाको कुरा गर्छन्, मलाई पनि बाबासँग भेट्न र कुरा गर्न मन छ, मरेको भए बरु भनिदिनु म पर्खिन्न” । उनले कसैले पनि आफूहरुको रुवाइ नदेखेको र नसुनेको गुनासो गरिन् ।

सुजाताकी आमा प्रेममाया राईका अनुसार उनका श्रीमान् २०५९ सालमा उपचारका लागि ओखलढुङ्गा मिसन अस्पताल गएका थिए, त्यहाँबाट फर्किएको भन्नेभन्दा अगाडिको जानकारी कसैलाई छैन । सेनाले मारे रे भन्ने सुनेको भए पनि आधिकारिकरुपमा केही थाहा नभएको प्रेममायाको भनाई छ ।

शान्ति प्रक्रिया सुरु भएको ६ वर्षपछि स्थानीय राजनीतिक दलमार्फत शान्ति समितिमा श्रीमान् बेपत्ताबारे जानकारी गराएको उहाँले बताउनुभयो । तर जिल्ला शान्ति समितिमा उहाँको निवेदन छैन भने बेपत्ताको सूचिमा श्रीमान्को नाम पनि छैन । स्थानीय राजनीतिक दलका प्रतिनिधिले पनि आफ्ना श्रीमान्को बारेमा बेवास्ता गरेको प्रेममायाको गुनासो छ ।

स्थानीय शान्ति समिति सोलुखुम्बुका संयोजक दीपेन्द्र शर्माले प्रेममायाको निवेदन शान्ति समितिमा नआएको भन्दै निवेदन आएमा आवश्यक पहल गर्ने बताए ।

प्रकाशित मिति: January 02, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |