• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » रक्त क्यान्सर पीडितद्वारा जीवन रक्षाका लागि सहयोग गर्न आग्रह
रक्त क्यान्सर पीडितद्वारा जीवन रक्षाका लागि सहयोग गर्न आग्रह

पुस २४ – एक रक्त क्यान्सर पीडितको जीवन रक्षाका लागि सहयोग गर्न आग्रह गरिएको छ ।


सुनौलाबजार गाविस–९ बैधडाँडा निवासी मनोज रम्तेलले छोरी रिता रम्तेलको जीवन रक्षाका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

उनले रक्त क्यान्सर भई कान्ति अस्पतालमा उपचार गराइरहेको नौ वर्षीया छोरीको उपचार गराउन आफ्नो आर्थिक अवस्थाले भ्याउन नसक्ने भई दाताहरूसँग सहयोगको लागि आग्रह गरेका छन् ।

सुनौला बजार गाविसस्थित नेवारपानी प्राथमिक विद्यालयको कक्षा ३ मा अध्ययनरत छोरी रीता अचानक बिरामी भई कान्ति बाल अस्पतालमा लगी जचाउँदा रक्त क्यान्सर भएको थाहा भयो बुबा मनोजले गुनासो सुनाए ।

चिकित्सकले उपचार गर्न तीन लाख रुपैयाँ लाग्ने बताएको र आफ्नो अवस्था बिहान बेलुकाको छाक टार्न पनि धौधौ पर्ने भएकाले आर्थिक सहयोग गर्न इच्छुक दाताहरूलाई धादिङबेंसीस्थित सानिमा बैँकको खाता नं ००४००००४१११२ मा रकम जम्मा गरी सहयोग गर्न उनले आग्रह गरे ।

प्रकाशित मिति: January 09, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |