• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » सचिवले भोजभतेरका नाममा पैसा मागेपछि....
सचिवले भोजभतेरका नाममा पैसा मागेपछि....

पुस २५ रासस – धनुषा जिल्लाका गाविस सचिव र नगर सचिवहरुले सेवाग्राहीसँग भोजभतेरका नाममा अतिरिक्त रकम लिने गरेको तथ्य खुलासा भएको छ ।


सेवाग्राहीको गुनासोअनुसार नक्सापासलगायत विभिन्न आवेदनको सिफारिसका नाममा सचिवहरूले अतिरिक्त रकम लिने गरेका छन् । सचिवले ‘जोसँग पैसा छ उसैको काम गर्ने’ भनी सेवाग्राहीलाई अतिरिक्त रकम दिन बाध्य पार्ने गरेको स्थानीय सेवाग्राही सन्तोष साह बताउँछन् ।

अतिरिक्त रकम नदिएमा सचिवहरूले सेवाग्राहीलाई महिनौँसम्म कार्यालय धाउन बाध्य बनाउने र विभिन्न समस्या उत्पन्न गर्ने गरेको पनि उनले जानकारी दिए ।

गौ संरक्षण मञ्चका अध्यक्ष जगदिश महासेठले नगर सचिव र गाविस सचिवले सिफारिस गरेर सेवाग्राहीसँग दुईहजारदेखि चार हजार रुपैयाँसम्म अतिरिक्त रकम लिने गरेको बताउँछन् ।

मञ्चले पटकपटक सम्बन्धित निकायका प्रमुखलाई यसबारे जानकारी गराउँदा पनि कुनै पहल नभएकामा दुःखेसोसमेत गरे ।

प्रकाशित मिति: January 09, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |