• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » चितवनमा हात्ती आतंक जारी, आक्रमणबाट एकको मृत्यु
चितवनमा हात्ती आतंक जारी, आक्रमणबाट एकको मृत्यु

पुस २९ पश्चिम चितवनको गितानगरमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।


स्थानीय बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनभित्र घाँस काट्न गएका पटिहानी गाविस–८ गङ्गानगर बस्ने ७० वर्षीय वृद्ध सुकदेव विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय गितानगरले जनाएको छ ।

शनिबार बिहान घाँस काट्न गएका विकलाई सामुदायिक वनभित्रै जगङ्ली हात्तीले आक्रमण गरेको बताइएको छ ।

यसअघि गएराति पश्चिम चितवनकै माडीमा जङ्गली हात्तीले स्थानीय जनताका दुईवटा घरहरू भत्काएका थिए । पछिल्लो समय पश्चिम चितवनका स्थानीयवासी जङ्गली जनावरबाट पीडित बन्दै आएका छन् ।

प्रकाशित मिति: January 13, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |