• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » आागलागीबाट भक्तपुरमा एकै घरका तीन जनाको मृत्यु
आागलागीबाट भक्तपुरमा एकै घरका तीन जनाको मृत्यु

पुस २२ – भक्तपुरमा गएराती आगलागी हुँदा एकै घरका ३ जननाको जलेर मृत्यु भएको छ । भत्तपुर नगरपालिका वडा नम्बर १ सुर्यमढी तौलाछेमा रहेको पूर्णभक्त प्रजापतिको घरमा शनिवार राती आगलागी हुँदा जलेर उनकी श्रीमती र दुई छोरीको जलेर मृत्यु भएको हो ।


मृत्यु हुनेमा ६४ वर्षकी लक्ष्मीकेशरी प्रजापति र छोरीहरु ३९ बर्षकी पार्वती र २६ बर्षकी सजना प्रजापति रहेको प्रहरीले जनाएको छ । पूर्णभक्त प्रजापति र कान्छी छोरीले भने भागेर ज्यान जोगाउनु भएको छ । आगो लागेपछि चौथो तल्लामा सुतेका छोरीहरुलाई उठाउँन जाँदा आमा लक्ष्मी केशरीको जलेर मृत्यु भएको थियो । गएराती १२ बजे लागेको आगो भक्तपुर, काठमाडौं, ललितपुर र प्रहरीको सातवटा दमकलले बिहान ३ बजेपछि मात्रै नियन्त्रणमा लिएको थियो । हिजो भोजको खानपिन सकिएपछि तेश्रो तलामा बालिएको आगो ननिभाई सुत्दा आगलागी भएको प्रहरीले बताएको छ ।

चौथो तल्लामा पराल, छवाली लगायतका सामानहरु रहेकाले घरभरी नै तत्काल आगो फैलिएको थियो । आगलागीबाट घर पूर्ण रुपमा जलेको छ भने २० लाख रुपैया भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । छिमेकीले समेत आगो लागेको ढिला मात्रै थाहा पाएको र प्रहरी तथा दमकललाई समेत ढिला मात्रै खबर पुगेको धनजनको सुरक्षा गर्न नसकेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: January 06, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |