• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » इटहरीमा घरघरमा फस्टाउँदै छ यौनधन्दा
इटहरीमा घरघरमा फस्टाउँदै छ यौनधन्दा

पुस २२ रासस – पूर्वी नेपालमा नै सबैभन्दा बढी होटल लज तथा रेस्टुरेन्ट सञ्चालन भइरहेको सुनसरी जिल्लाको इटहरीमा पछिल्लो समयमा घरघरमा नै कोठीसमेत सञ्चालन हुन थालेको तथ्य फेला परेको छ ।


अवैध यौनधन्दामा संलग्न महिला शोभा दाहाल नेतृत्वको महिला टोलीले इटहरी–५ मा रहेको अफ्नै घरमा कोठी चलाइरहेको प्रहरीले फेला पारेको छ ।

इटहरी र यस आसपासका धनाढ्य व्यक्ति, व्यापारी र उच्च पदस्थ कर्मचारीहरुको यौनतृष्णा मेटाउन सुरक्षित तवरले कोठी चलाउँदै आएकी दाहाल पक्राउ परेपछि यहाँ कोठीसमेत चलाउन थालिएको तथ्य बाहिर आएको हो ।

इटहरीको एकान्त होटल, भोटघाट होटल तथा रेस्टुरेन्ट र शोभा दाहालको कोठीबाट केही दिनको अन्तरालमा आठजना यौनकर्मी महिला र १० जना पुरुषलाई पक्राउ परेर प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक श्यामसरु मगरले जानकारी दिए ।

कोठी सञ्चालक दाहालसहित पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले जनही रु आठ हजार नगद धरौटी तोकेर तारेखमा रिहा गरेको पनि प्रहरी निरीक्षक मगरले जानकारी दिए ।

इटहरीको केही स्थानमा संस्थागतरुपमा कोठी चलाएर अवैध धनआर्जन गर्ने महिलाको गिरोहसँग ठूला घरानाका व्यापारी, उच्च पदस्थ व्यक्तिको बढी आउजाउ हुने गरेकाले प्रहरीले त्यसलाई पनि कडा निगरानीमा राख्दै आएको छ ।

भारतीय पुरुषहरुको यौनइच्छा पूरा गर्ने बजारका रुपमा पनि इटहरी अग्रणी स्थान बन्दै गएकाले इलाका प्रहरी कार्यालय इटहरीबाहेक अञ्चल प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीलेसमेत इटहरीका होटल लज र रेस्टुरेन्टहरुमा छड्के जाँचलाई तीव्रता दिन थालिएको छ ।

प्रकाशित मिति: January 06, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |