• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » माओवादी महाधिवेशनमा २१ समूह गठन, बन्द सत्र भोलिसम्मका लागि स्थगित
माओवादी महाधिवेशनमा २१ समूह गठन, बन्द सत्र भोलिसम्मका लागि स्थगित

पुस २६ – नेकपा–माओवादीको सातौँ महाधिवेशनको दोस्रो दिन आज प्रज्ञा प्रतिष्ठानको हलमा बन्द सत्र प्रारम्भ भएको छ ।


बन्द सत्र अन्तर्गत अध्यक्ष क.. किरणले राजनीतिक प्रतिवेदन र कार्यक्रमबारे संक्षिप्त मन्तव्य प्रस्तुत गर्दै सबै प्रतिनिधि र पर्यवेक्षकहरुलाई खुला र गम्भीर छलफल गर्न आह्वान गरे ।
यसैगरी, बन्दसत्रमा सचिव क. देव गुरुङले विधानबारे संक्षिप्त भनाई प्रस्तुत गरे ।
त्यस्तै, बन्दसत्रले क. हितमान शाक्य, जयपुरी घर्ती, तिलक परियार, मौसम लिम्बु र शिवराम यादव रहेको अध्यक्ष मण्डल गठन गरेको छ ।
आजको बन्दसत्रमा राजनीतिक प्रस्ताव र विधानबारे छलफल गर्न २१ वटा समूह गठन गरियो । भोलि दिउँसोसम्म समूहमा छलफल गर्ने र समूह नेताले छलफलमा उठेका विषय वस्तुको सार प्रंस्तुत गर्ने कार्यक्रम रहेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

प्रकाशित मिति: January 10, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |