• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » एकै गाउँका एकैसाथ महोत्तरीमा दुई जनाको मृत्यु
एकै गाउँका एकैसाथ महोत्तरीमा दुई जनाको मृत्यु

पुस २३ – चिसोबाट कठ्याङ्गिएर महोत्तरीमा एकै गाउँका एकैसाथ दुई जनाको मृत्यु भएको छ ।


जिल्लाको सदरमुकाम जलेश्वरसँगै गाँसिएर रहेको बजराही गाउँमा गएराति कठ्याङ्गिएर स्थानीय ५५ वर्षीय रामअशेश्वर साह र ५० वर्षीया राजकुमारीदेवी मण्डलको मृत्यु भएको परिवारजनले जनाएका छन् ।

गएराति सुत्न गएका दुवै जना आज बिहान आ–आफ्नै घरमा मृत फेला परेका हुन् ।

चार दिनदेखि महोत्तरीको दक्षिणी भागमा पुनः जाडोको प्रकोप चलेको छ भने अविरलरूपमा चिसो हावा र शीतलहर चलिरहेको छ । साथै बाक्लो कुहिरो र हुस्सुले चारैतिर अँध्यारो छाएको छ ।

दुई साता लामो जाडोमा जिल्लामा १७ जनाको मृत्यु भएकामा पछिल्लो समयमा चार दिनमा तीनजनाको मृत्यु भई यस वर्ष महोत्तरीमा चिसोबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म २० जना पुगिसकेको छ ।

प्रकाशित मिति: January 07, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |