• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » आमाहरुद्वारा जुवातास तथा मदिरा निषेधित क्षेत्र घोषणा
आमाहरुद्वारा जुवातास तथा मदिरा निषेधित क्षेत्र घोषणा

पुस २३ – स्याङ्जाको फापरथुम गाविसमा रहेको चण्डीमाई आमा समूहको अगुवाइमा सो गाविसको वडा नम्बर ७, ८ र ९ लाई जुवातास र मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।


स्थानीय क्लब तथा सर्वसाधारणको सहभागितामा ¥याली निकालेर ती वडामा जुवातास र मदिरा निषेधित क्षेत्र घोषणा गरिएको आमा समूहकी कार्यवाहक अध्यक्ष चन्द्रकला ढकालले जानकारी दिइन् । आमा समूह तथा गाउँले सहभागी रहेको झन्डै १०० जनाको ¥यालीले विभिन्न प्लेकार्डसहित गाउँ परिक्रमा गरेको थियो ।

निषेधित क्षेत्रमा जुवातास खेल्ने वा जाँडरक्सी सेवन गर्नेलाई आमा समूहले पहिलोपटक रु ५००, दोस्रोपटक रु एक हजार र तेस्रोपटक जरिवानासहित समातेर प्रहरीकहाँ बुझाउने नियम बनाएर जुवातास तथा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको समूहकी सचिव रेखा ढकालले बताए ।

प्रकाशित मिति: January 07, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |