• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » बिहानै झडप, पूर्वराज्यमन्त्रीमाथि लाठी प्रहार
बिहानै झडप, पूर्वराज्यमन्त्रीमाथि लाठी प्रहार

पुस २३ रासस– सदरमुकाम खलङ्गाको बागबजारमा आज बिहान नेपाली काँग्रेस र प्रहरीबीच झडप भएको छ ।
रुकुम बन्द आह्वान गरेको काँग्रेसले आजको बन्द अवज्ञा गरी बस चलाउन थालेको भन्दै बसमा तोडफोड गरिएपछि सो घटना भएको हो ।


झडपमा परी काँग्रेस नेता तथा पूर्वराज्यमन्त्री गोपालजीजङ्ग शाह, जिल्ला सभापति मानबहादुर नेपाली, नेपाल तरुण दल अध्यक्ष नन्द विष्ट, जिल्ला कार्यसमिति सदस्य खडक डाँगीलगायत बाह्रभन्दा बढी काँग्रेस कार्यकर्र्तालाई चोट लागेको छ । अहिले सदरमुकाम खलङ्गाको स्थिति तनावग्रस्त बनेको छ ।

गाडी चलाउने विषयमा छलफल भइरहेको समयमा काँग्रेस कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि तनाबको स्थिति सिर्जना भएको थियो । छलफलपछि यातायात सेवा सुचारु गर्ने सहमति भएको छ । पहिलो बस छुटिसकेको र बाँकी गाडीलाई नियमित रूपमा समयमै पठाउने समहमति भएको बताइएको छ ।

यातायात सेवा सञ्चालन भए पनि सदरमुकाम आसपासका बजार तथा स्कुल, क्याम्पस बन्द भएका छन् । काँग्रेस कार्यकर्ताले बन्द सफल बनाउन बिहानै बजार र चोकचोकमा निस्कनाका साथै सडकका विभिन्न ठाउँमा ढुङ्गा लडाएर यातायात अवरोध गरेका थिए ।

आफ्नो पार्टीका दुली गाउँ कार्यसमिति सभापति कविराम खत्रीको हत्या भएको भन्दै काँग्रेसले रुकुम बन्द आह्वान गरेको जनाइएको छ । आजको बन्दबाट पनि आफ्ना मागमाथि कुनै सुनुवाइ नभए थप आन्दोलन गर्ने चेतावनी काँग्रेसले दिएको छ ।

प्रकाशित मिति: January 07, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |