• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » हतियार बनाउने हतियार सहित पक्राउ
हतियार बनाउने हतियार सहित पक्राउ

पुस २२ – बझाङको दौलिचौर गाविसको सिकिन्नाडा भन्ने गाँउबाट प्रहरीले अबैध रुपमा हात हतियार बनाउने एक जना मिस्त्रीलाई हतियार सहित पक्राउ गरेको छ ।


दौलीचौर सिकिन्नाडाका लाल बहादुर बोहराको घरको गोठमा लुकीछिपी कटुवा बन्दुक बनाई रहेका सोहि गाँविस ९ घरभएका ३० बर्षिय दिपक विकलाई प्रहरीले प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक उदय तामाङले जानकारी दिए ।

हिजो उनलाई पक्राउ गरेपछि आज जिल्ला प्रहरी कार्यालय बझाङले गाँउमा अबैध हातहतियार बनाउने विक र उनले प्रयोग गर्ने सामाग्री सहित प्रत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

विकले नयाँ बनाएका कटुवा बन्दुक २ थान, बन्दुक नाल २ थान, चार डिब्बा बारुद, २७ थान केप, ४५ फलामका गोली सहित छर्रा र अन्य हतियार बनाउन प्रयोग गरिने सामाग्री प्रहरीले सार्वजनिक गरेको छ । –रमेश भट्टराई

प्रकाशित मिति: January 06, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |