• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » प्रचण्डपक्षका नेता जमरकट्टेलको रिटमार्वोच्चद्वारा पुनः रोक
प्रचण्डपक्षका नेता जमरकट्टेलको रिटमार्वोच्चद्वारा पुनः रोक

पुस १७ – अदालतले एकीकृत नेकपा माओवादीका नेता शालिग्राम जमरकट्टेलको हत्यासम्बन्धी उद्योगमा संलग्न चार अभियुक्तको मुद्दा फिर्ता लिने सरकारी निर्णय खारेज गर्न माग गर्दै दायर रिट निवेदनमा दिइएको अन्तरिम आदेशलाई पुनः निरन्तरता दिएको छ ।


न्यायाधीशद्वय कल्याण श्रेष्ठ र गिरीशचन्द्रलालको संयुक्त इजलासले यसअघि न्यायाधीश ताहिरअलि अन्सारीको एकल इजलासले मुद्दा फिर्ता लिने निर्णय हाललाई कार्यान्वयन नगर्न जारी गरेको सो आदेशलाई आज पुनः निरन्तरता दिएको हो ।

सरकारले गत जेठ ४ गते रिट निवेदक जमरकट्टेलका हत्यासम्बन्धी उद्योगमा संलग्न सुदीप कार्की, राम पुडासैनी, तारानिधि पन्तलगायत अभियुक्तको मुद्दा फिर्ता लिने निर्णय गरेपछि जमरकट्टेलले सो निर्णय बदर गराउन माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।

सो रिटमा यसअघि जारी गरिएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै सरकारका तर्फबाट पुनः अर्को निवेदन दर्ता भएको थियो ।

प्रकाशित मिति: January 01, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
गृह पृष्ठ |