• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » कांग्रेस नेता बास्तोला अझै अचेत नै, मस्तिष्कको शल्यक्रिया सम्पन्न
कांग्रेस नेता बास्तोला अझै अचेत नै, मस्तिष्कको शल्यक्रिया सम्पन्न

पुस १८ – भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइरहेका नेपाली काँग्रेसका नेता चक्रप्रसाद बास्तोलाको टाउकाको शल्यक्रिया गरी जमेको पानी निकालिएको छ ।


उक्त अस्पतालमा आज उनको मस्तिष्कको सामान्य शल्यक्रिया गरी जमेको पानी ट्युबबाट निकालिएको थियो । अहिलेसम्म उनी अचेत (कोमा) अवस्थामा भेन्टिलेटरमा रहेका उनका भतिजा तारा बास्तोलाले जानकारी गराएको राससले जनाएको छ ।

सिलिगुडीबाट एयर एम्बुलेन्सबाट दिल्ली लगिएपछि अस्पतालले आज बिहान नेता बास्तोलाको सिटीस्क्यान गर्दा टाउकामा पानी जमेको देखिएको थियो ।

सिलगुडीस्थित नर्थ बङ्गाल जुपिटर एमआरआइ डाइगोनेस्टिक सेन्टरमा यही पुस १४ गते बेलुकी उनको मस्तिष्कको शल्यक्रिया गरी जमेको रगत निकालिएको थियो । त्यहाँ उनको अवस्थामा सुधार नदेखिएपछि थप उपचारका लागि एयर एम्बुलेन्सबाट सोमबार राति नयाँ दिल्ली लगिएको थियो ।

प्रकाशित मिति: January 01, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
गृह पृष्ठ |