• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » प्रचण्डले जस्तै तिमीहरुले पनि धोका दिदैनौँ भन्ने आधार पेस गर : महाधिवेशन प्रतिनिधि
प्रचण्डले जस्तै तिमीहरुले पनि धोका दिदैनौँ भन्ने आधार पेस गर : महाधिवेशन प्रतिनिधि

पुस २८ – नेकपा माओवादी जारी महाधिवेशन अन्तर्गत बन्द सत्रमा समूह नेताहरुको सुझाव राख्ने क्रम सकिएको छ ।
राजधानीको प्रज्ञा भवनमा जारी बन्द सत्रमा आज २१ समूह नेताले समूहको तर्फबाट आफ्नो मत राखेका हुन् ।


बन्द सत्रमा आफ्नो मत राख्ने क्रममा टोलि नेताहरुले स्पष्ट क्रान्तिकारी कार्यदिशा ल्याउन नेतृत्वसँग जोडजाड माग गरेका छन् ।

बन्द सत्रमा बोल्ने अधिकांश टोली नेताले बाँकी क्रान्तिका कार्यभार पूरा गर्न नेतृत्वलाई खुट्टा नकमाउन भनेका छन् ।
दस्तावेजमा उल्लेख भएको सशस्त्र संघर्षको ठाउँमा सशस्त्र संघर्ष राख्न पनि उनीहरुले माग गरेका छन् ।

अधिकांश टोलि नेताले पार्टीलाई क्रान्तिको मूल प्रवाहमा नै लैजान प्रचण्ड प्रवृति पार्टीका त्याग्नुपर्ने, दिर्घकालिन जनयुद्धको कार्यदिशा लिनुपर्ने, सरकारका जाने कुरा र सत्ता मोह त्यागेर अघि बढ्नुपर्ने सुझाव दिएको एक सहभागीले जानकारी दिए ।

बन्द सत्रमा आफ्नो सुझाव राख्ने क्रममा केही टोली नेताले भने प्रचण्ड बढी बोलेर बिग्रिएको तर हाम्रा नेताहरु भने नबोलेर बिग्रने हो कि भन्ने डर लागेको भन्दै अरुले छरेका भ्रम चिर्न अलिक बोल्नुपर्ने पनि बताए ।

त्यस्तै, केही टोली नेताले भने सुगौलजी सन्धीको विरोध गर्ने हो भने टिष्टादेखि कांगडासम्मको भु–भागमा राष्ट्रिय स्वाधीनताको आन्दोलन चर्काउने पर्ने पनि बताएका छन् ।

यस्तै, महाधिवेशन प्रतिनिधिका नेताले प्रचण्डले क्रान्तिकै नाममा धोका दिएको भन्दै आफ्नो नेतृत्वले धोका दिँदैन भन्ने प्रमाण पेस गर्न पनि माग गरेका छन् ।

आज बन्दसत्रमा टोली नेताहरुको सुझाव राख्ने क्रम सकिएसँगै महाधिवेशन भोलि बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ । भोलि बन्द सत्रमा उठेका प्रश्नहरुको पदाधिकारी तथा अध्यक्षले जवाफ दिनेछन् ।

प्रकाशित मिति: January 12, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |