• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » वैद्यको महाधिवेशनमा ५ टोलि नेताले विचार राखे, कार्यदिशा स्पष्ट हुनुपर्नेमा जोड
वैद्यको महाधिवेशनमा ५ टोलि नेताले विचार राखे, कार्यदिशा स्पष्ट हुनुपर्नेमा जोड

काठमाडौँ, पुस २८ – नेकपा माओवादीको राजधानीमा जारी ७ औँ महाधिवेशनको बन्दसत्रमा समुहका टोलि नेताहरुले आफ्नो सुझाव राख्न सुरु गरेका छन् ।


बन्दसत्रमा मध्याह्नसम्म ५ समूहका टोलि नेताले आफ्नो सुझाव राखिसकेका छन् ।

सुझाव राख्नेमा सेती महाकाली, लिम्बुवान, भेरी कर्णाली, किरात र थारुवान राज्यका टोलि नेता रहेका छन् ।
आफ्नो टोलीको सुझाव राख्ने क्रममा उनीहरुले क्रान्तिकारी कार्यदिशा पास गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

बन्दसत्रमा अध्यक्षद्वारा प्रस्तुत राजनीतिक दस्तावेज तथा पार्टी सचिव देव गुरुङद्वारा प्रस्तावित पार्टी विधानका विषयमा छलफल गर्न २१ समूह गठन गरिएको थियो ।

सोही २१ समुहका टोली नेताले अहिले आफ्नो सुझाव राखिरहेका छन् । आजै सबै समुह नेताले सुझाव राखिसक्ने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति: January 12, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |