• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » जिप दुर्घटनामा ६ जना घाइते, दुईको अवस्था चिन्ताजनक
जिप दुर्घटनामा ६ जना घाइते, दुईको अवस्था चिन्ताजनक

पुस १९, रासस - सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट नेलेतर्फ जाँदै गरेको जिप जोगारा सडकखण्डमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।


बुधबार बेलुकी ८ बजेतिर बा९च ७९६२ नम्बरको मुस्ताङ म्याक्स जिप न्यूट्रलमा राखेर जिप चालक तेल हाल्न बाहिर निस्कँदै गर्दा जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा नेले–७ सोलुखुम्बुकी कल्पना बस्नेत, नेले–२ की जमुना राई, नेले–७ का भरत कटुवाल, सीता थापा र सरिता गुरुङ घाइते भएको प्रहरी नायब उपरीक्षक सुदनसिं बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते एकजनाको नाम खुल्न सकेको छैन भने दुईजनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुको सोलु अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तेल हाल्नका लागि सिटबाट बाहिर निस्कँदै गर्दा दुर्घटना भएकाले जिप चालक दोलखाका जगन्नाथ बम्जन भने सकुशल रहेका छन् ।

प्रकाशित मिति: January 03, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |