नगरपालिका भण्डारमा म्याद गुज्रेको विषादी
फागुन ७ – नगरपालिका क्षेत्रभित्र छर्किनका लागि ल्याइएको मलेरिया र कालाजारका किटाणु मार्न प्रयोग गरिने विषादी छ महिनाअघि नै म्याद गुज्रेको अवस्थामा जलेश्वर नगरपालिकाको भण्डारमा फेला परेको छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँले महोत्तरीको एकमात्र जलेश्वर नगरपालिका कार्यालयलाई कालाजारबाट अति प्रभावितका लागि ४८ ड्रम र जिल्लाका ७६ गाविस तथा कारागारका लागि ३६ ड्रम अल्फामेथाथ्रिन नामक विषादी पठाएको थियो ।
कालाजार र मलेरियाको कारक क्युलेक्स नामक लामखुट्टे र कीटाणु मार्न प्रयोग गरिने विषादी जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीेले म्याद गुज्रन बाँकी रहेको आठ दिन अर्थात् २०६९ साउन ८ गते ( २०१२ जुलाइ २३ ) का दिन नगरपालिकामा पठाइएकामा हतार हतार कारागारमा चार ड्रम पठाइएको र बाँकी औषधि विभित्र गाविसमा छर्किएको थियो ।
नगरपालिकाभित्र फेला परेको सो विषादीको उत्पादन मिति सन् २०१२ सेप्टेम्बर र अन्तिम म्याद २०१२ अगस्ट अर्थात् २०६९ साउन १६ सम्म मात्र उल्लेख गरिएको देखिएकोे छ ।
जिल्ला स्वास्थ्य कार्यालयलको लापरबाहीका कारण कीटनाशक विषादीको म्याद गुज्रिएको तथा नगरपालिका क्षेत्रभित्र यस वर्ष औषधिसमेत छर्किन नसकिएको नगरपालिकाका कार्यकारी अधिकृत राधेश्याम गिरीले बताए ।
यता नगरवासीले नगरभित्र कीटनाशक औषधि छर्किन नसक्दा यस वर्ष कालाजार र मलेरियाको रोगी बढ्ने आशङ्का गर्दै लापर्बाही गर्ने जिल्ला स्वास्थ्य कार्यालयलाई कारबाही हुनुपर्ने माग गरेका छन् । रासस

प्रकाशित मिति:
February 18, 2013