अवैध साइबरका सात सञ्चालक पक्राउ
फागुन ७ – साइबर ऐन कानुनविपरीत साइबर क्याफे सञ्चालन गर्ने सातसञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
क्याबिन बनाएर साइबर सञ्चालन गर्न कानुनले निषेध गरेको भए पनि वीरगन्जका अधिकांश साइबर क्याबिनबाट सञ्चालन भइरहेको गुनासो बढेपछि जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जस्थित विभित्र साइबर क्याफेमा आज छापा मारेको हो ।
क्याबिन भएका क्याफेमा विद्यालय र क्याम्पसका विधार्थीहरूले अश्लील साइट हेर्ने गरेको अभिभावकको गुनासो आएपछि शङ्कास्पद त्यस्ता क्याफेमा छापा मारिएको हो । पक्राउ परेका सञ्चालकले अबउपरान्त साइबर ऐनअनुसार क्याफे सञ्चालन गर्ने प्रतिबद्धता जनाएपछि पहिलो पल्टका लागि नसिहत दिएर छाडिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक मनोहर भट्टले बताए ।
वीरगन्जमा सञ्चालित साइबरमाथि प्रहरीले नियमित रूपमा निगरानी बढाएको छ, निरीक्षक मनोहर भट्टले भने — “साइबर ऐन, कानुन र नियम पालना नगर्ने क्याफे सञ्चालकमाथि कानुनी कारवाही गर्नेतर्फ प्रहरी अगाडि बढ्ने छ ।
”वीरगन्जमा मात्रै करिब ४५ साइबर क्याफे सञ्चालनमा रहेको तथ्याङ्क छ ।

प्रकाशित मिति:
February 18, 2013