प्रमुख जिल्ला अधिकारीको गार्डको कोठामा चोरीका एक ट्रक समान
फागुन ७ – दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारीका सुरक्षा गार्डको कोठामा एक ट्रक सामान बरामद गरेको छ ।
प्रजिअका सुरक्षा गार्ड तथा प्रहरी जवान खेमराज प्रजाको डेराकोठाबाट प्रहरीले भिमेश्वर नगरपालिकामा विगत छ महिनादेखि चोरी भएका एक ट्रक सामान बरामद गरेको हो ।
रिकोट बजार क्षेत्रका झण्डै ५० वटा पसलमा विगत छ महिनाको अन्तरालमा चोरी भएका थिए। चोरी आतंक बढेपछि असई रञ्जन अवाको नेतृत्वमा विशेष कार्यदल गठन गरी अनुसन्धान गरिएको थियो।
अनुसन्धान टोलीले आज बिहान भिमेश्वर नगरपालिका मानेडाँडास्थित खेमराजको डेरामा छापा मार्दा चोरीका सामान बरामद भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ओम अधिकारीले बताए ।
चोरीका सामान बरामद भएको खबर पाएपछि अहिले जिल्ला प्रहरी कार्यालयमा आफ्नो सामान चिन्न भिड लागेको छ ।
प्रकाशित मिति:
February 18, 2013