कैदी, बन्दीहरूको झगडापछि कारागारका चौकीदार, नाइकेहरू हटाइए
फागुन १० – जिल्ला कारागार उदयपुरमा कैदीबन्दीहरूबीच झगडा भएपछि कारागारभित्रका चौकीदार तथा नाइकेहरू हटाइएका छन् ।
बुधबार दिउँसो कारागारभित्र कैदीबन्दीहरूबीच झगडा हुँदा छजना घाइते भएका थिए । उनीहरूलाई उपचारपछि केहीलाई कारागारमा र केहीलाई जिल्ला प्रहरी कार्यालयमा पाठाइएको कारागार शाखाले बताएको छ ।
चौकीदार तथा नाइकेहरूको गुट–उपगुटका कारण पुनः झगडा हुनसक्ने सम्भावना बढेपछि चौकीदार, दीपेन शुब्बा, नाइकेहरू विष्णु धामी, समशेरबहादुर मगर, सहायक नाइके विदुर भट्टराईलगायतलाई पदबाट समेत हटाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्रकुमार पोखरेलले बताए ।
प्रकाशित मिति:
February 21, 2013