अटो पेस्तोलसहित सुन्धाराबाट एक जना पक्राउ
फागुन ४ - अटो पेस्तोलसहित सुन्धाराबाट एक जना पक्राउ परेका छन् ।
दुई राउण्ड गोली लोड अवस्थामा रहेको उक्त पेस्तोलसहित सप्तरी जिल्लाको राजविराज ५ घर भई भक्तपुरको कौशलटार बस्ने २१ वर्षीय चौधरीलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल बगलामुखी विशेष कार्यदल गण हल्चोकबाट खटिएको टोलीले ‘मेड इन इटालियन’ लेखिएको उक्त पेस्तोल, दुई राउण्ड गोली र सोको म्याग्जिनसमेत बरामद गरेको छ ।
पक्राउ परेका चौधरीलाई बरामद पेस्तोल तथा गोलीलसहित आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
February 15, 2013