आठ हजार सवारी चालक अनुमतिपत्रमा प्वाल
फागुन ९ – महानगरी ट्राफिक प्रहरी महाशाखाले आठ हजार ३०१ थान सवारी चालक अनुमति पत्रमा प्वाल पारेको छ ।
काठमाडौँ उपत्यकामा मादकपदार्थ सेवन(मापसे) गरेर सवारी चलाउने चालकको ७५ दिनको अवधिमा ती सवारी चालक अनुमतिपत्रमा प्वाल पारिएको महाशाखाका प्रवक्ता पवन गिरीले जानकारी दिए ।
उपत्यकामा मादकपदार्थ सेवन गरेर सवारी चलाउँदा अत्यधिक दुर्घटना भई धनजनको क्षति भएपछि महाशाखाले मापसे अभियान सुरु गरेको हो । रासस
प्रकाशित मिति:
February 20, 2013