सुटुक्कै छिरे भारतीय राजदूत जयन्त शितल निवासमा
फागुन ६ – पछिल्लो पटक दलहरु छलफलमा होमिएका बेला भारतीय राजदूत जयन्तप्रसाद भने आज बिहानै सुटुक्कै शितल निवास छिरेका छन् ।
शितल निवासमा राष्ट्रपति डा. रामवरण यादव र जयन्तबीच डेढ घण्टा गोप्य छलफल भएको थियो । तर, उक्त छलफल के विषयमा केन्द्रित भयो भन्ने समेत दुवै पक्षले गोप्य राखेका छन् ।
भेटमा जयन्तले राष्ट्रपतिसँग प्रधानन्यायाधिसको नेतृत्वमा बन्ने चुनावी सरकारका विषयमा चासो राखेको बताइएको छ ।
प्रमुख चार शक्तिहरुले प्रधानन्यायाधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्ने अन्तिम तयारी गरेपछि भारतले यस विषयमा चासो देखाएको हो ।
प्रकाशित मिति:
February 17, 2013