अमेरिकाका पूर्वराष्ट्रपति नेपाल आउँदै
फागुन ६ – अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टर आगामी महिना नेपाल आउने भएका छन् ।
उनी व्यक्तिगत भ्रमणका लागि नेपाल आउन लागेको परराष्ट्र स्रोतले जनाएको छ ।
कार्टरले चार बर्षअघि संविधानसभा निर्वाचनको समयमा पनि नेपाल भ्रमण गरेका थिए ।
उनलाई संविधानसभा गठन प्रकृयामा नजिकका सहयोगीका रुपमा हेरिने गरिएको छ ।
पुर्व राष्ट्रपतिसँग कार्टर सेन्टरका सीइओ जोन बर्नेट हार्डम्यन पनि साथमा आउने बताएको छ ।
प्रकाशित मिति:
February 17, 2013