जसले गरे आठ लाख बराबरको जग्गादान
फागुन ६ – नेपाल रेडक्रस सोसाइटी बगही उपशाखाको भवन निर्माणका लागि उपशाखा अध्यक्ष रामनरेश यादवले आठ लाख मूल्य बराबरको जग्गादान गरेका छन् ।
उपशाखाको शनिबार सम्पत्र साधारणसभामा उनले करिब आठ लाख मूल्य बराबरको जग्गा रेडक्रसलाई प्रदान गर्ने घोषणा गरेका हुन् ।
कार्यक्रममा रेडक्रस सोसाइटीका मन्त्री वीरेन्द कँडेलले उच्च शिक्षा हासिल गरेका छात्रछात्रा तथा आजीवन सदस्यहरूलाई पुरस्कृत गरेका थिए ।
सो अवसरमा उक्त उपशाखाको नयाँ कार्यसमितिसमेत चयन गरिएको छ । रामनरेश यादव अध्यक्ष रहने गरी गठन गरिएको समितिको सदस्यहरूमा सर्युग महतो, नगनारायण प्रसाद, उमेशकुमार, सोनालाल साह, मञ्जु कुमारीलगायत चयन भएका छन् ।
प्रकाशित मिति:
February 17, 2013