फागुन ५ - थाईल्याण्डमा रहेका पूर्व युवराज पारस शाहलाई हृदयघात भएपछि उपचारका लागि बैंककको समितिवेज अस्पताल भर्ना गरिएको छ ।
यसअघि पाँच वर्ष पहिले काठमाडौँमा रहँदा पनि उनलाई अचानक हृदयघात भएपछि उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरि उपचार गरिएको थियो ।
अहिले भने केही समयदेखि थाईल्याण्डको राजधानी बैंककमा बस्दै आएका उनलाई हृदयघात भएको हो । उनको अहिले अस्पतालमा उपचार भईरहेको भएपनि होस भने नखुलेको बताइएको छ ।
स्रोतका अनुसार अस्पताल भर्नापछि पनि होस नखुलेपछि उनको अवस्था गम्भीर रहेको चिकित्सकहरुले उल्लेख गरेको बताइएको छ । यद्यपी उनको अवस्थाबारे अहिले नै पूर्ण र सत्य तथ्य विवरण भने बाहिर आईसकेको छैन ।
यता, उनको अवस्था गम्भीर रहेको खबर सुनेपछि पूर्वयुवराज्ञी हिमानी शाह लगायत भने त्यसतर्फ जाने भएका छन् । पारसले थाईल्याण्डमा रहँदा केही समय अघि लागू पदार्थ प्रयोग गरेको आरोपमा मुद्दासमेत खेपेका थिए।