माग पूरा नभए सिँधै छापामार युद्ध : बहिर्गमित जनमुक्ति सेना
फागुन २० –बहिर्गमित जनमुक्ति सेनाले नेतृत्वलाई हतियार उठाउन बाध्य नबनाउन आग्रह गरेका छन् ।
राजधानीमा आज पत्रकार सम्मेलन गरेर उनीहरुले चैत्र २० गते आफ्ना मागहरु पूरा नभए छापामार युद्ध सुरु गर्ने समेत चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलनमा उनीहरुले आफ्नो पक्षमा निर्णय नभए बन्दका कार्यक्रम नगरी सिँधै छापामार युद्धमा जान बाध्य हुने उल्लेख गरे ।
सरकारसँग २१ पटक वार्ता गरिसकेको भन्दै उनीहरुले शान्ति प्रक्रियाको एउटा हिस्सालाई अलग राखेर सरकार अघि बढ्न नसक्ने पनि बताएका छन् ।
सर्वोच्चले गर्ने निर्णय पनि आफूहरुको पक्षमा नभए सरकारसँग वार्ता गर्नुको अर्थ नरहने पनि उनीहरुले बताएका छन् ।
प्रकाशित मिति:
March 03, 2013