चुनावी सरकारले आन्दोलनरत दलहरुलाई वार्तामा बोलाएपछि आन्दोलनरत मुख्य दल नेकपा-माओवादीले भने यथास्थितिमा वार्तामा नबस्ने स्पष्ट पारेको छ ।
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले यथास्थितिमा सरकार र चार दलले बोलाएको वार्तामा नजाने स्पष्ट पारेका हुन् ।
भक्तपुरको मनोहरा सुकुम्बासी बस्तीमा आज आयोजना गरिएको अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यथास्थितिमा कुनै पनि वार्तामा नजाने बताए ।
अध्यक्ष वैद्यले खिलराज रेग्मीको नेतृत्वको वर्तमान सरकार खारेजी र चार दलले गरेको ११ बुँदे सहमति खारेज गरिए मात्र वार्तामा बस्ने उनको भनाई छ ।
अहिले चुनावको नौटङ्की रचिएको छ, चार दलको सिन्डिकेटले १० वर्ष क्रान्ति गरेर आएको माओवादी पार्टीसहित २३ वटा पार्टीलाई निषेध गरेको छ भन्दै अन्तरिम संविधानको गलत ढङ्गले संशोधन गरेर चैत १ गते चारदलीय सहमतिको नाममा प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएर नेपालको इतिहासमा अर्को ‘कू’ गरिएको उनको भनाई छ ।
असंवैधानिक तवरबाट सरकार बनाएको भन्दै आन्दोलनरत उसले चार दल र सरकारबीचको ११ बुँदे सहमति, बाधा अड्काउ फुकाउ प्रस्ताव, प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउने निर्णय खारेज गरेमात्र आफूहरु वार्तामा बस्ने अडान राखेको छ ।
Powered by Blogger.
प्रधानन्यायाधीशलाई सरकार प्रमुखबाट नहटाएसम्म माओवादी वार्तामा नबस्ने
प्रकाशित मिति:
March 30, 2013