स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि हृदयघातका कारण महिना दिनदेखि बैंककको एक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाह अबको एक सातामा डिस्चार्ज हुने भएका छन् ।
करिब अबको एक सातामा उनी अस्पतालबाट डिस्चार्ज भएपनि चिकित्सकहरुको सल्लाह अनुसार उनी केही दिन बैंककमै रहने र त्यसपछि उनी नेपाल फर्कने उनलाई त्यहाँ सहयोग गर्दै आएका एनआरएन थाइल्याण्डका महासचिव सुनिल खड्काले जनाएका छन ।
करिब महिना दिनअघि एक्कासी हृदयघात भएपछि उनको हप्ता दिन भन्दा बढी अस्पतालमा अचेत अवस्थामा उपचार गरिएको थियो । सुरुमा उनको अवस्थामा गम्भीर खालको भनेर चिकित्सकहरुले समेत बारम्बार भने पनि उनको स्वास्थ्यमा सुधार नाटकिय तरिकाले हुन गएको हो । उनको स्वास्थ्य अवस्थामा आएको सुधार देखेर चिकित्सकहरुले समेत आश्चर्य प्रकट गरेका थिए ।
अस्पतालमा उनको सुरुमा सिसियू र पछि आईसियु कक्षमा राखि उपचार गरिएको थियो ।
अस्पाताल भर्ना भएको ११ दिनपछि अचेतमुक्त भएका पूर्वयुवराज शाहलाई अस्पतालले डेढसाता अघि सामान्य वार्डमा सारेर उपचार गरेको थियो । स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनेपछि फेब्रुवरी १९ राति चिकित्सकले करीब ९० मिनेटको 'मल्टी करेन्ट सक्स' (करेन्टको तरंगबाट गरिने उपचार) लगायत उपचारविधिबाट उनलाई जोगाएका थिए ।
अहिले पारस शाह आफैले खाना खान थालेको र सामान्य हिँडडुल तथा कुराकानी समेत गर्न थालेका छन् । उनलाई चिकित्सकहरुले एक महिना बैंककमै आराम गर्न सुझाव समेत दिएका छन् ।
Powered by Blogger.
नाटकिय सुधारपछि पारस यो हप्ता डिस्चार्ज हुँदै, डिस्चार्ज पछि सोझै नेपाल
प्रकाशित मिति:
March 23, 2013