चैत्र १० – नेपाल पत्रकार महासंघको पोखरा जारी साधारण सभामा घम्साघम्सी परेको छ ।
साधारणसभामा महासचिव ओम शर्माको प्रतिवेदन पास हुन ५ घण्टा छलफल चल्यो भने कोषाध्यक्षले पेस गरेको आर्थिक प्रतिवेदनमा सहभागीले कडा आलोचना गरेपछि स्थिति निक्कै जटिल समेत बन्न पुगेको थियो ।
उतिबेला साधारणसभामा सहभागीहरुले प्रतिवेदन चिक्त बुझ्दो नभएको, पारदर्शिता नभएको, अघिल्लो कार्यसमितिको पनि नसमेटिएको लगायत विषयमा औँला उठाएका थिए । तर कोाषाध्यक्षले आत्मलोचना गर्दै आफ्नो कार्याकालको सबै जिम्मेवारी लिने प्रतिवद्धता जनाएपछि भने पारित भएको थियो ।
त्यस्तै, महासंघकी उपाध्यक्ष यशोदा तिमल्सिनाले पेस गरेको विधान संशोधन प्रतिवेदनमा सहभागीले विधान संशोधनका लागि ३० दिन अगाडी नै जिल्ला शाखाहरुमा ड्राफ्ट पठाउनु पर्ने विधि विपरित हिजो मात्रै अनुमोदन गरेको भन्दै आलोचना गरेपछि विवाद सिर्जना भएको छ ।
उक्त प्रतिवेदनमा विधान संशोधनका लागि यसअघि सात जना सदस्य बराबर एक जना केन्द्रिय सभाषद हुने विधिमा १० बराबर १ जना हुने उल्लेख गरिएको छ ।
त्यसैगरी, उपाध्यक्षमा एक वरिष्ट, एक महिला र एक खुल्ला गरी तीन जना रहने प्रस्ताव गरिएको छ ।
सचिवमा भने पाँच जना रहने प्रस्तावमा उल्लेख छ । जसमा खुल्ला दुई, महिला एक, आरक्षण एक र एसोसिएट एक रहने उल्लेख गरिएको छ ।
Powered by Blogger.
पत्रकारको साधारण सभाः महासचिवको प्रतिवेदन पास हुन ५ घण्टा, कोषाध्यक्षले माफी मागे, उपाध्यक्षको पनि किचलोमा
प्रकाशित मिति:
March 23, 2013