चीनमा पनि शक्तिशाली भूकम्प ४६ को मृत्यु ४ सय बढी घाइते
बैशाख ७ - चीनमा आज शक्तिशाली भूकम्पा जाँदा ५६ को मृत्यु भएको छ भने अन्य ४ सय बढी घाइते भएका छन् ।
चीनको दक्षिणपश्चिमी सिचुवान प्रान्तमा स्थानीय समय अनुसार शनिबार बिहान ८ बजेर दुई मिनेट जाँदा ७ रेक्टर स्केलको भुकम्प गएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सिचुवानको राजधानी शहर चेङ्गदु तथा गुईझोउ, गाङ्गसु, साङ्गसी र युन्नान प्रान्तमा पनि भुकम्पको झट्का महसुस गरिएको थियो ।
भुकम्पमा परेकाहरुको उद्दारका लागि २ हजार भन्दा बढी सैनिक, उद्धारकर्मी तथा प्रहरी खटिएका छन् । उद्दारकार्य चलिरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
चीनको सिचुवानमा सन् २००८ मा ८ रेक्टरस्केलको भुकम्प जाँदा झण्डै ९० हजार जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति:
April 20, 2013