कसले पहिले दल दर्ता गर्ने भन्ने विषयमा एमाओवादी र एमालेबीच घम्साघम्सी
बैशाख १७ । १० बजे निर्वाचन आयोगको कार्यालय खुल्नुअघि नै दल दर्ता गराउन पुगेका एमाओवादी र एमालेबीच कसले पहिले दल दर्ता गर्ने भन्ने विषयमा घम्साघम्सी परेको छ ।
दुवैले आफू पहिला पुगेकाले आफ्नो दलको नाममा पहिलो नम्बरमा दर्ता हुनुपर्ने उनीहरु दुवै दलको माग रहेको छ ।
पहिले पुग्नेको एक नम्बरमा नै दर्ता हुने भएकाले माओवादी र एमालेका नेताहरु बिहानै आयोगको कार्यालय पुगेका थिए । तर उनीहरुकै विवाद नमिलेपछि दल दर्ता गर्न पुगेका अन्य दलहरु भने रमिता हेर्न बाध्य भएका छन् ।
संविधानसभा चुनावका लागि निर्वाचन आयोगले मंगलबारदेखि दल दर्ता शुरु गरेको हो ।

प्रकाशित मिति:
April 30, 2013