यसरी सार्वजनिक भयो हरिवंश आचार्यको 'चिना हराएको मान्छे'
टेनिस रोका -
बैशाख १५ । अरु बेला पर्दाको स्क्रिनमा नै किन नहोस् अरुलाई हसाउन मात्रै नभएर व्यंग्यात्मक रुपमा चेतना, जानकारी तथा सुचना पस्किन तल्लिन रहने बरिष्ठ कलाकार हरिवंश आचार्य आइतबार दिनभर नै निक्कै भावुक, व्यस्त, दुःखी र खुसी पनि रहे ।
जहाँ, मह अर्थात मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको जोडी छुटे झै भएको थियो । त्यसले अलि कति किन नहोस् असहज जस्तो देखिन पुगेको थियो । मदनकृष्णकी श्रीमतीको भारतमा अप्रेशन रहेकाले आइतबार ती जोडी छुट्टिन पुगेका थिए ।
अझै कार्यक्रम सुरु भएको थिएन । तर, कार्यक्रमस्थल बाहिर उनै हरिवंशसँग फोटो खिचाउनेहरुको भिडभाड बढिरहेको थियो ।
माहोला बढीरहेको थियो । सञ्चारकर्मी, लेखक मात्रै होइन कलाकारहरुको पनि उपस्थिति बढीरहेको थियो । यत्रतत्र छरिएर रहेको भिडमा समुह समुहमा गफगाफ मच्चिएको थियो । भिडमा नायिका बसुन्धारा भुसाल, किरण केसी, कुञ्नना घिमिरे (सुन्तली) का साथै अन्य थुप्रै कलाकर्मी थिए । त्यस्तै बरिष्ठ साहित्यकारहरु तथा लेखकहरु एक/दुई जना बाहेक खासै छुटेका देखिएनन् । साथमा विश्वको धनीहरुको सुचिमा सुचित भईसकेका विनोद चौधरीको पनि उपस्थिति थियो । यस्तै अवस्थामा कार्यक्रम सुरु भएसँगै सबै हल भित्र प्रवेश गरे ।
माथिको वृत्तान्त कुनै सिनेमाको सुटिंगको नभएर नायक, बरिष्ठ कलाकार तथा आजदेखि लेखकको समेत उपमा थपेका हरिवंश आचार्यद्धारा लिखित आफ्नै जिवन वृत्तान्तमा आधारित पुस्तक 'चिना हराएको मान्छे'को सार्वजनिक कार्यक्रमको हो ।
उक्त पुस्तक आइतबार हरिवंशकी स्वर्गीय पत्नी मीराको दोस्रो पुण्य तिथि पारेर ललितपुरस्थित मोक्षस्थलको हलमा सार्वजनिक गरिएको छ ।
कार्यक्रमका मुख्य अतिथि समेत रहेका बरिष्ठ कार्टुनिष्ट दुर्गा बराल (वात्स्यायन)ले पुस्तकको शीर्षकसँग मिल्नेगरी बनाएको हरिवंशको व्यंग्यचित्र देखाएर पुस्तक सार्वजनिक गरेका थिए ।
कार्यक्रममा लेखक अमर न्यौपानेले पुस्तकबारे टिप्पणी गर्दै पुस्तक एउटा दुखद घटनाले जन्माएको सुखद आविष्कार भएको बताए ।
आचार्यद्धारा लिखित उक्त पुस्तकलाई आख्यानकार रवीन्द्र समीर र अमर न्यौपानेले सम्पादन गरेका हुन् ।
फाइनप्रिन्टले प्रकाशन गरेको आत्मकथाको यो किताब ‘लिमिटेड एडिसन’मा हार्डकभरमा पनि उपलब्ध छ ।
सार्वजनिक कार्यक्रममा लेखक आचार्यले आफ्ना पीडाहरु सबै समक्ष बाडेका थिए । स्वर्गीय पत्नी मीराको दोस्रो पुण्य तिथि परेकाले उनले बोल्ने बेलामा आफूलाई असहज भएकोमा जोड दिएका थिए । सो क्रममा उनले मिरालाई भौतिक रुपमा नसके पनि बचाई राख्ने भनेर मिराका भाई र आफ्ना छोरासमक्ष प्रतिवद्धता जनाए ।
कार्यक्रममा भावुक देखिएका उनले दोस्रो विहे बाध्यता भएको पनि उल्लेख गरे । कसैले पत्नीसँग छुटेको डेढ वर्षमै बिहे गर्यो भनेछन् मैले सुने उनले भने- 'मेरो लागि रोज्नुपर्ने कि त मृत्यु थियो कि त प्रेम त्यसमा मैले प्रेम रोजे र बिहे गरे ।'
उनले मिराको निधनपछि आफू केही पनि गर्न नसक्ने भएको भन्दै डेढ वर्ष आफूलाई कति पीडा भएको थियो भन्ने अरुसँग बाड्नै नसक्ने पनि उल्लेख गरे ।
पुस्तक बारे मन्तव्य दिने क्रममा भावुक देखिए पनि उनले पटक पटक हसाएका थिए । उनले मान्छे भएर जन्मिएपछि टेनसन नै टेनसन भए पनि पशुपक्षीलाई पनि झन टेनसन भएको समेत जनाए । 'बाघ वनको राजा हो, जवान हुन्जेल अरुलाई मारी मारी मोज गर्छ तर बुढेसकालमा दात किराले खाएको हुन्छ, आँखा देख्दैन विचरा झन् त्यसलाई टेनसन' उनले भने- 'जवानको बाघ सम्झनेहरुको हालत पनि बुढेसकालको बाघ जस्तै हुन्छ ।'
हरिवंशको चिना हराएको मान्छेको बिक्रीबाट उठेको रकम भने सामाजिक कार्यमा पनि खर्च गरिने भएको छ । पुस्तकबाट उठेका रकम सामाजिक काममा लगाइने सार्वजनिक कार्यक्रममा लेखक आचार्य र प्रकाशक फाइनप्रिन्टले जनाएको हो । जसका लागि हरिवंशकी श्रीमती रमिलाको अध्यक्षमा मीरा आचार्यको संझनामा मीरा चाईल्ड केयर सेन्टर स्थापना गरिएको छ ।
नेपालमा पहिलोपटक सीमित बाक्लो गाता संस्करण अर्थात ‘लिमिटेड इडिसन’ यसै पुस्तक मार्फत आएको प्रकाशकले जनाएको छ । २ हजार रुपैंया राखिएको उक्त संस्करणबाट उठेको ९० प्रतिशत रकम सामाजिक काममा लगाइने जानकारी गराइएको छ ।

प्रकाशित मिति:
April 30, 2013