सडक विस्तारमा अवरोध र काममा ढिलाइ गर्नेलाई कारबाही
बैशाख ५ - सरकारले राजधानीका विस्तारित सडकमा अवरोध र काममा विलम्ब गर्ने निर्माण–व्यवसायी तथा कर्मचारीमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवम् काठमाडौँमा विस्तारित सडकको उच्चस्तरीय अनुगमन समितिका संयोजक कृष्णहरि बास्कोटाको नेतृत्वमा बुधबार विभिन्न मन्त्रालयका सचिवहरू र उच्चस्तरीय पदाधिकारीहरू सम्मिलित टोलीले विस्तारित सडकको स्थलगत निरीक्षणपछि त्यस्तो चेतावनी दिएको हो ।
निरीक्षणका क्रममा संयोजक बास्कोटाले सडक विस्तारमा अवरोध सिर्जना गर्ने तथा काममा ढिलाइ गर्ने निर्माण व्यवसायी र काममा हेलचेक्र्याईं गर्ने कर्मचारीउपर कारबाही गर्ने बताउँदै अनुकरणीय कार्य गर्नेलाई पुरस्कार दिइने घोषणा गरे ।
निर्माण तथा विस्तारको काम तोकिएको अवधिभित्र पूरा गर्नैपर्ने, निर्माण व्यवसायीलाई कुनै पनि बहानामा म्याद थप नगरिने र तोकिएको समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का तत्काल अन्त्य गरी तिनलाईं कालो सूचीमा राखेर वैकल्पिक व्यवस्थाबाट कार्य सम्पन्न गर्न सम्बद्ध सबैलाई उनले निर्देशन दिए ।
सचिव बास्कोटाले बाटोको गुणस्तरमा कुनै किसिमको सम्झौता नहुने तथा सडक विस्तार गर्दा निस्किएका फोहोर तीन दिनभित्र हटाइसक्नुपर्नेमा जोड दिँदै विकास निर्माणका काममा सघाउन सर्वसाधारणसँग आग्रह पनि गरे ।
अनुगमन टोलीले त्रिपुरेश्वर–टेकु–कालीमाटी–छाउनी–पचली– कुलेश्वर गणेशस्थान– बल्खु–त्रिभुवन विश्वविद्यालयद्वार–ललितपुरको भनीमण्डल–एकान्तकुना– जावलाखेल चोकदेखि पाटन अस्पताल लगनखेल हुँदै सातदोबाटो र सातदोबाटो कर्मनाशा पुलसम्मको सडकको निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग छलफल गरेको थियो ।
टोलीले चिनियाँ सहयोगमा कलङ्की देखि कोटेश्वरसम्मको बाटो १० ‘लेन’मा विस्तार गर्ने काम यही वैशाख १८ गतेदेखि थालिने जानकारी दिँदै त्यसमा सहयोगी हात बढाउन उक्त क्षेत्रका बासिन्दालाई अनुरोध गरेको थियो ।
प्रारम्भमा कलङ्की खसीबजारमा एक किलोमिटर र एकान्तकुनामा डेढ किलोमिटर बाटो नमुनाको रूपमा चौडा गरिने र साढे तीनवर्षभित्र पूरै बाटो निर्माण गरिसक्ने सम्झौता भएको जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले दिए ।
टोलीले अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिले सुन्दरीजलदेखि सुन्दरीघाटसम्मको २७ किलोमिटर बागमती नदीको दुवै किनारामा करिब रु १० अर्बको लागतमा बनाइने ढल र आठ मिटरमा निर्माण हुने सडकका साथै विमानस्थल–तीनकुने– माइतीघर मण्डलासम्मको सडक विस्तारको अनुगमन गरेको थियो । रासस

प्रकाशित मिति:
April 18, 2013