प्रचण्ड र माधव नेपालको तल्लो स्तरको लाजमर्दो जुहारी
हेलोखबर डटकम, बैशाख १२ । नेताहरुसँग देशको नेतृत्व गर्ने क्षमता हुनैपर्दछ । उनीहरुले देशलाई डुब्न लाग्दा समेत सही निकाश दिन सक्नुपर्दछ भनेर राजनीतिज्ञहरु भन्दछन् । र हो पनि ।
तर हाम्रो नेताहरुमा भने त्यही कुरा नभएर देशलाई लामो समयदेख संक्रमणमा गुजार्दै आएका छन् ।
विभिन्न घटनाक्रमले नेताहरुमा देशको विकास, शान्ति र समृद्धिको भावना भन्दा पनि कुर्सी मह बढी भएकको बुझ्न सकिन्छ ।
त्यस्तै, तिनै नेताले गम्भीर भएर सानो तिनो कुरो बोलेमा त्यसले ठूलै असर पार्दछ । उनीहरु भनाई मिडिया मार्फत समुदायसम्म पुग्दछ र व्यापारी, कार्यकर्ता तथा सर्वसाधरणले त्यसैको आधारमा देश कता जाँदैछ भन्ने पहिचान गर्छन ।
तर, पछिल्लो पटकको एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालको तल्लो स्तरको लाजमर्दो जुहारीले भने धेरैलाई आश्चर्य चकित नै पारेका छन् ।
केही दिन अघि मात्रै प्रचण्डले सार्वजनिक कार्यक्रममा नेकपा एमाले भन्ने पार्टी नै छैन भनेपछि त्यो भनाईले निक्कै चर्चा पायो । गाली नै गर्दा पनि एउटा त्यत्रो पाटीलाई छैन भनेर उनले आफ्नो हैसियत देखाएको केहीले टिप्पणी गरे ।
यस्तै, प्रचण्डको उक्त भनाई बाहिर आएसँगै एमाले नेता नेपालले भने प्रचण्डको मानसिक सन्तुलन विग्रिएको टिप्पणी गर्दै राँची उपचार गराउन लैजानुपर्ने भनेर रोष प्रकट गरे । तर प्रचण्ड र नेपालको यस्तो जुहारी देखेर भने दुवैको मानसिक सन्तुलन पो बिग्रियो कि भनेर भने धेरै ठाउँहरुमा चर्काचर्की समेत भए ।

प्रकाशित मिति:
April 25, 2013