एउटै पनि गैरनागरिकलाई नागरिकता दिए नेकपा-माओवादीले त्यही ठोक्ने
हेलोखबर डटकम, बैशाख १२ । असंवैधानिक तवरले वर्तमान सरकार गठन गरिएको भन्दै आन्दोलनरत नेकपा माओवादीले यथास्थितिमै चुनाव गराए बहिस्कार गर्ने भएको छ ।
गत पुसमा सम्पन्न सातौं महाधिवेशनपछि नयाँ केन्द्रिय सदस्यहरुको मनोयन संगै बसेको नेकपा माओवादीको पहिलो विस्तारित बैठकले चैत १ गतेको असंवैधानीक कदम नसच्चिएसम्म आन्दोलनलाई निरन्तरता दिने र यथायस्थितिमा निर्वाचन हुन नदिने निर्णय गरेको हो ।
राजधानीमा तीन दिनसम्म बसेको उक्त बैठकले चैत्र १ गतेको कदम असंवैधानिक र अवैधानिक भएको भन्दै प्रकृया नसच्चिएसम्म आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउने र वर्तमान सरकारले जवरजस्ती निर्वाचन गराएमा त्यसको शशक्त प्रतिरोध गर्ने निर्णय गरेको केन्द्रिय सदस्य पवनमान श्रेष्श्रेष्ठले हेलोखबर डटकमसँग बताए ।
उक्त बैठकले नागरिकता वितरणको प्रक्रिया गलत ढंगबाट ल्याएको भएपनि नेपाली नागरिकको अधिकारसँग जोडिएकाले त्यसलाई अवरोध नगर्ने तर कुनै एक जना गैर नागरिकलाई मात्रै पनि नागरिकता वितरण गरेको पाइएमा भने त्यसको तत्काल नै सशक्त प्रतिकार गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा पार्टी अध्यक्ष मोहन वैद्य किरणले पेस गरेको राजनीतिक प्रतिवेदन एकमतले पारित गरेको छ । जस अन्तर्गत वैकल्पिक केन्द्रिय सदस्यसहित जम्मा १५१ जना र ५० जना केन्द्रिय सल्लाहकार रहने भएका छन् ।
यस्तै, उक्त बैठकले २० गतेदेखि मेची महाकाली अभियान सञ्चालन गर्ने र जेठ १५ गते काठमाडौँ सम्पन्न गर्ने, मई दिवस भव्य रुपमा मनाउने लगायतका निर्णय समेत गरेको छ ।
पार्टीको निर्णयबारे शुत्रलबार पत्रकार सम्मेलन गरेर जानकारी गराइने बताइएको छ ।

प्रकाशित मिति:
April 25, 2013