गङ्नम स्टाइलपछिको जेन्टलम्यान कोरियामै प्रतिबन्ध
कोरियाली गायक पिएसवाईको दोश्रो गीत जेन्टलम्यान कोरियामै प्रतिबन्धित भएको छ ।
दक्षिण कोरियाको ब्रेडेकास्ट सिस्टमले गीतको प्रचारका लागि बनाइएको भिडियोमा गायक पिएसवाई सडकमा हिँड्दा ट्राफिक नियम पालना नगरेको र सार्वजनिक सम्पत्तीमा नोक्सान पुर्याएको विषयमा आफ्नै देशमा प्रतिबन्ध लागेको हो ।
प्रतिबन्धका कारणमा गायकले महिलासँग अभद्र रूपमा प्रस्तुत भएका प्रसंग पनि जोडिएका छन् । कोरियामा यसअगाडि निर्माण भएका केही भिडियो यस्ता विषयका कारणले प्रतिबन्धमा परेका थिए ।
अप्रिल १३ मा पहिलोपटक युट्युबमा अपलोड गरिएको जेन्टलम्यान १८५,१४५, ३१३ पटक हेरिसकेको छ ।
उनको यसअघिको ‘गङनम स्टाइल’ युट्यूबमा डेढ अर्ब पटक भन्दा बढी हेरिएको छ । जुन भिडियो गीत मध्ये सबैभन्दा बढी हेरिएको रेकर्डमा छ ।

प्रकाशित मिति:
April 21, 2013