चलचित्र बर्बादको अश्लिलतामा सेन्सरको नजर, युनिट भने सच्चिन तयार (भिडियोसहित)
नेपाली कथानक चलचित्र बर्बादलाई सेन्सर बोर्डले रोक लगाएपछि निर्माता पक्ष आपत्ति जनक दृश्यहरु हटाउने पक्षमा पुगेको छ ।
चलचित्र निर्माण समूहले एक पत्रकार भेटघाट गरेर सच्चिएर विकास बोर्ड जाने कुराको जानकारी दिएको हो । भेटमा चलचित्रमा केही दृश्य सेन्सरले काट्ने खालका भए पनि ८० प्रतिशत दृश्य सेन्सरले काट्ने खालका नभएको भने निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा केटाले शरीर देखाएको दृश्यलाई सेन्सरले अश्लिल भनेकोमा निर्माण पक्षले आपत्ति जनाएको छ । तर चलचित्रका केही आपत्तिजनक दृश्यलाई हटाउने पक्षमा भने युनिट पुगेको छ ।
यसअघि सेन्सर बोडले चलचित्रका ८० प्रतिशत भन्दाबढि दृश्यहरु अश्लिल भएकाले ति दृश्य नहटाए सेन्सर नहुने भन्दै चलचित्रलाई फिर्ता पठाएको थियो ।
प्रकाशित मिति:
April 06, 2013