बैशाख - अवैध मानिएको ढुकुटी काण्डमा मुछिएपछि लोक गायिका सिर्जना विरही थापा प्रहरी खोरसम्म पुग्न बाध्य भएकी छिन् ।
ढुकुटी खेलेको पैसामा थापा उनकै साथी पूजा रायमाझीबीचको विवादले उनीहरुबीच सडकमा भुत्लाभुत्ली समेत भएको थियो ।
प्रहरीले थापालाई पूजाले हालेकै उजुरीका आधारमा चेक बाउन्स गरी ठगी गरेको आरोपमा पक्राउ गर्यो । त्यसपछि थापाले प्रहरी समक्ष आफू ढुकुटीमा संग्लग्न भएको स्वीकार गरेकी थिइन् । ढुकुटी खेल्ने र खेलाउनेलाई नेपाल राष्ट बैंक ऐन २०५८ अनुसार कारबाही हुने भएकाले गायिका विरही पनि त्यसको भागेदार बन्न पुगेकी छन् ।
साथी पूजा रायमाझीले ३६ लाख रुपैयाँ बराबरको चेक बाउन्सको मुद्दा दायर गरेपछि महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेले थापालाई पक्राउ गरेको थियो ।
रानीबारीमा बिहीबार दिउँसो उनीहरूबीच कपाल तानातान भएपछि सोह्रखुट्टे प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर काठमाडौं प्रहरी परिसर पठाइदिएको थियो । त्यही विषयमा विवाद हुँदा उनीहरू हात हालाहालको स्थितिसम्म पुगेका थिए ।
Powered by Blogger.
ढुकुटी काण्डले गायिका बिरही र पूजाबीच सडकमै भुत्लाभुत्ली (भिडियोसहित)
प्रकाशित मिति:
April 19, 2013