सुनको भाउ उतारचढावमा, आज पनि ५ सयले उकालो
हेलोखबर डटकम, बैशाख १२ । पछिल्लो पटक ह्वात्तै सुनको भाउ घटेर दुई वर्ष अघिकै दरमा पुगेपछि निक्कै त्यसले चर्चा पायो । सुनको भाउ घटेकाले सुन किन्नेहरुले चासो देखाए भने व्यापारीहरु भने महंगोमा खरिद गरेकाले सस्तोमा बेच्दा घाटा पर्ने भएपछि पसल समेत बन्द गर्न बाध्य भए । उता, सरकारले भने छापा समेत मार्नु पर्यो ।
यस्तै यस्तै भईरहेको सुनको मुल्य केही दिनदेखि भने लगातार उकालो लागिरहेको छ ।
त्यस्तै बुधबार कायम भएको मूल्यमा ५ सय रुपैयाँले बढेर बिहीबार सुन तोलाको ५२ हजार रुपैयाँ पुगेको छ ।
बैशाख ६ गतेदेखि सुनको भाउ निरन्तर उकालो लागिरहेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएकाले नेपाली बजारमा पनि त्यसको सोझो प्रभाव परेको हो ।
गएको मंगलबार सुनको भाउ घटेर ४९ हजार ५ सय रुपैयाँमा झरेको थियो ।

प्रकाशित मिति:
April 25, 2013