हिजो किर्तिपुरमा भेटिएका प्रचण्डपुत्र पार्टी कारबाहीबाट मुक्त
चैत्र १९ - विवाहित समेत रहेकी विद्यार्थी नेतृ बिना मगरसँग बेपत्ता अवस्थामा रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहाललाई पार्टीबाट कारबाही फुकुवा भएको छ ।
तेस्रो विवाहका रुपमा अर्कैकी श्रीमती बिनालाई लिएर पार्टीबाट सम्पर्क बिहीन भएपछि उनलाई पार्टीले कारबाही गरी निष्काशन गरेको थियो ।
तर उनी अचानक आइतबार भने मलेसियाविरुद्धको खेलमा किर्तिपुरमा भेटिएका थिए । त्यहाँ मास्क लगाएको अवस्थामा मिडियाका नजरमा उनी परे पनि कहाँ कोसँग बस्दै आएका छन् भन्ने भने खुलेको छैन ।
पार्टी पदाधिकारीहरुको सोमबार बसेको बैठकले बहुबिबाह अभियोगमा कारवाही परेका उनलाई पुनः पार्टीमा जिम्मेवारी दिने निर्णय गरेको हो ।
प्रकाशित मिति:
April 01, 2013