बोर्डिङ स्कुलमा क्रान्तिकारीद्धारा तालाबन्दी
बैशाख १६ । नेकपा–माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले कपिलवस्तुले जिल्लाको शिवपुर –७ कलोनीमा रहेको भूपु सैनिक बोडिङ स्कुलमा आइतबार तालाबन्दी गरेको छ ।
राष्ट्रिय कार्यक्रमअनुसार तल्लो कक्षाको दर्ता प्रमाण लिएर उपल्लो कक्षासम्म बोर्डिङ संचालन गरेको भन्दै तालाबन्दी गरेको क्रान्तिकारीका जिल्ला सचिव निरज थापाले बताउनु भएको छ ।
भुपू सैनिक बोर्डिङ २ कक्षासम्मको अनुमती लिएर ५ कक्षासम्म संचालन भएको थापाको दाबी छ ।
२ कक्षासम्म कुनै अवरोध नगरी विना दर्ता सञ्चालनमा रहेको कक्षा ३, ४, ५ मा ताला लगाएको छ ।
प्रकाशित मिति:
April 28, 2013