उत्तर र दक्षिण कोरियाबीच युद्धको खतरा बढीरहेको बेला विश्वकै ध्यान त्यसले तानेको छ । अझ उत्तरले आफ्ना विरुद्ध भ्रामक भ्रम पैदा गरेको भन्दै युद्ध विरामको घोषणा गरेपछि दक्षिण र अमेरिका निक्कै त्रासित बनेका छन् ।
यस्तै अवस्थामा दक्षिण कोरियाका सैनिक प्रमुखहरुले उत्तर कोरियाका करिब ३० हजार सैनिकहरूले दक्षिण कोरियाको सुरक्षा घेरालाई पार गर्नका लागी सुरूङ खनिरहेको आशंका गरेका छन् । सन् १९५३ पछी बारम्बार युद्धको अवस्थामा पुगेका यी दुई देशबीच यसपटकको सम्भावना पहिले भन्दा निकै बढी देखीएको एक(अर्कालाई पराजित गर्न जे पनि गर्न सक्ने अवस्थामा रहेको प्रति धेरैले चिन्ता व्यक्त गरेका छन् ।
दुई देशबीचको सम्भावित युद्धलाई लिएर दुवै देशले आफ्ना सुरक्षा अधिकारिहरूलाई उच्च शतर्क रहन आदेश दिएको छ ।
सुरूङमार्फत नै दक्षिण कोरियाको सुरक्षा घेरालाई तोडेर दक्षिण कोरियालाइ पराजित गर्ने लक्ष्यका साथ सुरूङको निर्माण पहिले पनि गरेकाले अहिले पनि त्यो कार्य उत्तर कोरियाले गरिरहेको दक्षिण कोरियाले आशंका गरेको छ ।
तर कतिपय विश्लेषकहरुले भने यसलाई दक्षिण कोरियाको त्रास मात्रै बाहिर आएको समेत भनेका छन् ।
Powered by Blogger.
सुरुङ खनेर उत्तर कोरिया दक्षिण आईरहेको दक्षिणको आशंका
प्रकाशित मिति:
April 08, 2013