चैत २५ – कतै चुनावी गतिविधि त कतै चुनाव विरोधी कार्यक्रम भईरहेकै बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष डा. बाबुराम भने सुटुक्क भारतीय दुतावासमा छिरे ।
पटक–पटक उनीहरु दुतावासमा छिर्ने गरे पनि चुनावी रडाकोका बिचमा पार्टीको प्रशिक्षण सक्ने बित्तिकै दुतावास छिर्नुमा भने निक्कै अर्थ रहेको छ ।
धादिङको धार्केमा नेवा र ताम्सालिङको अगुवा कार्यकर्ताहरूको प्रशिक्षण सकिए लगत्तै काठमाडौं फर्किएका प्रचण्ड र बाबुराम आइतबार साँझ नै भारतीय राजदूत जयन्तप्रसाद सिंहलाई भेट्न लैनचौर पुगेका थिए । त्यसपछि राती अबेर ९ बजेपछि मात्र राजदूतावासबाट उनीहरु बाहिर निस्किए ।
उक्त भेटका विषयमा धेरै पत्रकारलाई समेत अत्तोपत्तो छैन । त्यति मात्रै होइन उनीहरुले भारतीय दुतावासमा के विषयमा छलफल गरे भन्ने समेत गोप्य राखिएको छ ।
आफ्नो पार्टी नेतृत्वको सरकार ढलेपछि एमाओवादी शीर्ष नेताहरू निकै नै छटपटाहटमा रहेको बेला पछिल्लो पटक भएको भेटमा विद्यमान राजनीतिक परिस्थितिको विषयलाई नै लिएर उनीहरुबीच कुरा भएको स्रोत बताउँछ ।
निर्वाचन गराउन भन्दै आफ्नो पार्टी नेतृत्वको सरकार गैरदलिय मन्त्री परिषदका रुपमा सर्वोच्चका प्रधानन्यायाधीशलाई सुम्पिएपछि पनि असारमा समेत चुनाव नहुने निश्चित जस्तै भएको बेला उनीहरुले अबको बाटोको विषयमा राजदूतसँग छलफल गरेको बताइन्छ ।
बिप्पा, जलस्रोत, एयर पोर्ट व्यवस्थापन तथा भारतीयहरूलाई नागरिकता दिने र सीमामा विवादित क्षेत्रहरू तथा असामान सन्धिसम्झौताका बारेमा जनमत सङ्ग्रह गर्ने समेत विषयमा भारतको नजिकका साथी जस्तै बनेको बेला पनि सरकार छाडेपछि आफूहरू पूरै घेरामा परेको गुनासो उनीहरुले पोखेको स्रोतको दाबी छ ।
अझ, नेकपा–माओवादीले सडकको नेतृत्व गरिरहेको र गैरदलिय पक्षधरले सरकारको नेतृत्व लिइरहेको बेला एमाओवादीका हातमा केही पनि नहुनुले उनीहरूलाई अप्ठेरो परेको विश्लेषण समेत गरिएको छ ।
धादिङको धार्केमा भएको प्रशिक्षणमा यदि यही स्थितिमा चुनावमा जाँदा प्रायः सबै ठाउँमा हारिने हलबाट रिपोर्टिङ भएपछि उनीहरू यसबारे थप सोच्न बाध्य भएर दुतावाससम्म सोही साँझ पुगेको समेत जनाइएकोा छ ।
सधैं नेकपा–माओवादीका विरूद्ध आक्रमक रूपले प्रस्तुत हुने प्रचण्डले उक्त प्रशिक्षणमा भने निकै नै नरम रूप अपनाएको प्रशिक्षणका एक सहभागीले बताए ।
प्रशिक्षणमा चुनाव या लडाइँ जे भए पनि जित्न कठिन रहेको उनले उल्लेख गरेको प्रशिक्षणमा सहभागीहरूको भनाई छ ।
सरकारबाट बाहिरिएपछि आफ्नो पकड र स्थितिमा निकै कमी आएको रिपोर्टिङ आएपछि धार्केको प्रशिक्षण लगत्तै उनीहरू लैनचौरस्थित भारतीय राजदूतावासमा पुगेको बताइन्छ ।
पार्टीभित्र र बाहिर राजनीतिक सङ्कट परेको बेलामा प्रचण्ड र बाबुराम भारतीय राजदूतावासमा धाउने गरेको स्रोत बताउँछ ।
Powered by Blogger.
किन सुटुक्कै छिरे त प्रचण्ड र बाबुराम भारतीय राजदूतावासमा !
प्रकाशित मिति:
April 08, 2013